२४ बैशाख २०८१, सोमबार
Header

पाकिस्तानमा बम विस्फोट, २० जनाको मृत्यु


प्रकाशित: आइतवार, १४ साउन २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । पाकिस्तानकोे उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित एक शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । 


बिबिसी हिन्दीका अनुसार सो विस्फोटनमा परि ५० जना भन्दा बढि घाईते भएका छन । 


कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

 
आईतवार अफगानिस्तानसँग सीमा जोडिएको बाजुर जिल्लामा सो घट्ना घट्ना भएको थियो । जमियत उलेमा इस्लाम–फजल (जेयूआईएफ) का कार्यकर्ताहरूर्को यालीको क्रममा विस्फोट भएको हो । 


विस्फोटमा मौलाना जमियत उलेमा इस्लाम–फजलका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यम डनन्युजले जनाएको छ ।


सुरक्षाकर्मीले घटनास्थलमा अहिले प्रहरीले कफ्र्यू लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD