काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेकूस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीलाई ५ हजार घुस रकम सहित उनलाई पक्राउ गरेको अयोगले जनाएको छ ।
आयोगका अधिकारीका अनुसार सेवाग्राहीको फाइल खोज्नका लागि घुस रकम माग गरेको सुचनाका आधारमा गिरीलाई कार्यलय परिसरबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गिरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज