१४ बैशाख २०८१, शुक्रबार
Header

पाँच हजार क्षमताको आइसोलेसन निर्माणको तयारीमा काठमाडौं महानगर


प्रकाशित: बुधवार, ३ भाद्र २०७७, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पाँच हजार क्षमताको आइसोलेसन निर्माणको तयारीमा जुटेको छ ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको महानगरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 


उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको बताएको छ । 


बुधवार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिँदै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि  स्वागत गरेको छ ।


‘स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको स्वागत गर्दै यो अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न अपिल गर्दछु,’ शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  


विज्ञप्तिमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै  गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ । ‘हाल महामारीका रुपमा फैलिदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण विश्व नै अहिले आक्रान्त बनेको छ ।


आजका दिनसम्म नेपालमा मात्रै अहिलेसम्म २८ हजार ९ सय ३८ बढी संक्रमित भइसकेका छन । कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । 


स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म प्राप्त पछिल्ले तथ्याङ्क अनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौँ महानगरमा मात्रै करीब १ हजार ६८ बढी संक्रमित फेला परेका छन । 


उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै  गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक छ ।’ 


शाक्यले सरकारले सुरुमा गरेको लकडाउनलाई पूर्ण पालना गर्दै काठमाडौँ महानगर र सम्पूर्ण उपत्यकावासीले उपत्यकालाई शान्त राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उपत्यकाबासीको सहनशीलतालाई स्वागत गरेको छ । 


शाक्यले काठमाडौँ महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्यायसम्म १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा १७ सय ९५ जनालाई पीसीआर टेस्टिङ गरिसकेको पनि जानकारी गराएको । 


‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस इन्फेक्सन स्प्रे गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ उहाँले भन्नुभएको छ, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली परिचालन समेत गरेको छ ।’ 


उहाँले महानगरपालिकासँग प्राविधिक टोलीको अभाव रहेको भन्दै यस्तो अवस्थामा दैनिक २०–३० हजार मानिस दैनिक उपत्यका प्रवेश गर्ने र लुकेर बस्ने हो भने ट्रेसिङ गर्न समस्या हुने भन्दै यस्तो सम्वेदनशील विषयमा उपत्यका प्रवेश गर्ने नागरिक स्वयंलाई सूचना दिन आग्रह गरेको छ । 


विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD