काठमाडौं । पाँच बर्ष भित्र प्रदेश नं. एकलाई बालविवाह मुक्त प्रदेश बनाईने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित प्रदेशस्तरीय बालिका सम्मेलनको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । मन्त्री धिमिरले आजका बालिका नै ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको आधारस्तम्भ भएको उल्लेख गर्दै बालविवाह न्यूनीकरणका लागि प्रदेशको १४ वटै जिल्लामा विशेषदूत राखिने जानकारी दिएका छन् ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा प्रदेश नं १ का १४ जिल्लाबाट एक जना किशोर र दुईजना किशोरी गरीे १५० जना बालबालिकाको सहभागिता छ ।
Categorized in समाज