६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पाँच बर्षको अलमलपछि आफ्नो घर फर्के – कमल थापा


प्रकाशित: शनिवार, ७ फागुन २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले करिब पाँच बर्षको अलमलपछि आफ्नो घर फर्केको बताएका छन ।

 
शनिवार राष्ट्रियसभा गृहमा प्रजातन्त्र दिवशको अवसरमा आयोजित राप्रपा नेपाल पार्टीको आधिकारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाल सो कुरा बताएका हुन । 


थापाले भने,‘एकता महाधिवेशनबाट पराजित भएको केही समयमै लाक्पाजी मलाई भेट्न आउनुभयो। भावुक भएर भन्नुभयो, यो दिन आउँछ भन्ने पूर्वअनुमान थियो। तपाईं जुन बाटोबाट २०७३ सालपछि हिँड्न थाल्नुभयो। जुन समूह र व्यक्तिसँग संगत गरेर हिँड्नुभयो ।  तपाईंलाई पाखा लगाउँछन् भन्ने अनुमान लगाएर राप्रपा नेपाललाई निरन्तरता दिएका थियौं भन्नुभयो,’ थापाले भने, ‘यो नासो तपाईंको हो, तपाईंलाई सुम्पिन चाहन्छु भन्नुभयो। उहाँको पटक(पटकको अनुरोधपछि मैले राप्रपा नेपाल पुनस्जागृत गर्न चाहेँ।’


लाक्पा लामाले केही समयअघि राप्रपा नेपालको अध्यक्ष पद थापालाई हस्तान्तरण गरेका थिए । 

 


राप्रपा नेपालले आफ्नो मूल राजनीतिक एजेन्डा सम्बद्र्धनवाद, सुशासन र समृद्धि लिएको छ । राप्रपा नेपाल हाल ६१ सदस्यीय गठन गरिएको छ। यसलाई बढाएर १५१ सदस्यीय बनाइने छ।


राप्रपामा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएसँगै उनले पार्टी परित्याग गरेका थिए । थापाले राजतन्त्रको मुद्दा अब नबोक्ने भएका छन । उनको पार्टीले हिन्दु राष्ट्रको एजेन्डा भने बोक्ने भएको छ ।


२०७४ सालमा राप्रपामा विलय भएपछि राप्रपा नेपाल लाक्पा तामाङले निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex