१४ बैशाख २०८१, शुक्रबार
Header

पाँच चलचित्र पत्रकार सम्मानित


प्रकाशित: बुधवार, ८ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघले चलचित्र क्षेत्रमा कलम चलाएर योगदान पुराएका ५ जना पत्रकारलाई सम्मान गरेको छ । 


संघको २० औ स्थापना दिवसको अवसरमा ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको हो । 


पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएममा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिएको छ । 


संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकि सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार संघले प्रदान गरेको छ ।  


संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

 

सुचना तथा संचार मन्त्रि गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास बोर्ड अध्यक्ष केशब भट्टराई, अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा कलाकार दिपा श्री निरौला, कलाकार केदार घिमिरे, अभिनेता रमेश उप्रेती, अभिनेत्री केकी अधिकारी, निर्माता माधव वाग्ले  वितरक गोपाल काजी कायस्थ, हास्यकलाकार दीपकराज गिरी, बेनिसा हमाल, लगाएत चलचित्र कर्मि तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD