काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ गरेका छन ।
मंगलबार साँझ एयर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक सुनसहित पक्राउ परेको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन ।
पक्राउ पर्ने चिनियाँ नागरिकमा च्यान चोङ र म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के।जी। ७ सय ग्राम सुन फेला परेको थियो ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।
Categorized in राष्ट्रिय