१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पाँचथर हत्या काण्डको दोषी पत्ता लागाउन माग


प्रकाशित: मंगलवार, ७ जेठ २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । संघीय सांसदहरुले पाँचथर हत्याकाण्डको दोषाी पत्ता लगाई कडा कार्वाही गर्न माग गरेको छ । 


मंगलवार संसदको बैठकमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन ।


सोमबार राति भएको उक्त विभत्स घट्नामा २ परिवारको ९ जनाको हत्या भएको थियो भने सोही परिवारका एक जना बालिका भागेर बाँच्न सफल भएकी छिन । 


सांसद भुसाले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह समेत गरेका छन । 

 

त्यसैगरी सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने माग गरेका छन । 


प्रहरी प्रशासनले यस घट्नाको छानविनलाई तिव्रता दिईरहेको छन । हत्याको सत्यतथ्य चाँर्डै सार्वजनिक गरिने प्रहरीले जनाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex