७ बैशाख २०८१, शुक्रबार
Header

पहिलो चरणमा यी ९ वटा वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने


प्रकाशित: बुधवार, ११ माघ २०७९, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्ने प्रक्रियाको सुरुवात गरेको छ । 


पहिलो चरणमा काठमाडौं महानगरपालिका वडा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट परिचय पत्र वितरण गरिने महानगरपालिको बताएको छ । 


अहिलेसम्म महानगरको सबै वडाहरुबो राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो । माघ १० गतेबाट वडाबाट परिचयपत्र दिने भनेपछि सो तयारी गरिएको हो । 


राष्टिय परिचयपत्र लिनको लागि नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । 


त्यसैगरी, नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । 


विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाण पत्रको सक्कल प्रति आवश्यक पर्छ । 

 

फाईल फोटो
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD