काठमाडौं । ऐतिहासिक घण्टाघरको पुनर्निर्माणको यतिखेर धमाधम सुरु भएको देखिएको छ ।
काठमाडौं महानगरपालिका–२८ स्थित काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा रहेको घण्टाघरको पुनर्निर्माणको कार्य सुरू भएको हो । घण्टाघरलाई पुनर्निर्माणका लागि कामदारहरू रेट्रोफिटिङमा व्यस्त छन् । पुनर्निर्माण भइरहेको घण्टा घरको उचाइ र स्वरुप पहिलाकै स्वरुपमा रहने पुरातत्त्व विभागले जनाएको छ ।
वि.स. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार गरेको हो ।
भवन निर्माण विभागले घण्टाघरको दायाँ क्षेत्रको रेट्रोफिटिङ गर्ने र बायाँ क्षेत्रको भवनको पुनर्निर्माण गर्ने तयारी गरेको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति