११ भाद्र २०८३, बिहिबार
Header

पहिचान पक्षधरद्धारा संघर्षको घोषणा


प्रकाशित: आईतबार, २७ पुष २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रदेश ३ को नाम बागमती र हेटौडा राजधानी पारित भएपछि पहिचान पक्षधरहरुले संघर्षको घोषणा गरेको छ । 


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिले प्रदेश ३ को नाममा असुन्तुष्टी जनाउँदै संघर्ष गर्ने भएको छ ।


पुष २८ गते सोमबार प्रदेश नम्बर ३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखानासहित नेवा–ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको हो । 


देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा–ताम्सालिङका शत्रुहरुलाई व्यापक जनकारबाही गर्ने र संयुक्त सडक आन्दोलन गर्ने कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ । 


प्रदेश समितिले एक विज्ञप्ती जारी गरी संघर्षको कार्यक्रम घोषणा गरेका हुन । समितिले जारी गरेको विज्ञप्तीमा प्रदेश ३ को नाम नेवा–ताम्सालिङ गरियोस भनी प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिए पनि बहुमतले नेवा–ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बाग्मती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समिति उक्त नामाकरण खारेजीको माग गरेको उल्लेख छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex