२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पहिचानसहित खड्गी महोत्सव मनाइँदै


प्रकाशित: आईतबार, ६ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा काठमाडौंको टुँडिखेलमा यही माघ १०,११ र १२ गते ‘पहिचानसहित खड्गी महोत्सव २०७५’ विविध कार्यक्रमका साथ मनाईदैछ । 


महोत्सवका संयोजक नन्दकिशोर खड्गीले दिएको जानकारी अनुसार महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले गर्ने भएको छ । 


सो महोत्सवमा नेपाली कांग्रेसका सभासद भिमसेन दास, मानन्धर, एमाले संसद जिवन राम श्रेष्ठ, प्रदेशसभा सदस्य राजेश शाक्य, काठमाडौका मेयर विद्यासुन्दर शाक्य, ललितपुर मेयर चिरीबाबु महर्जन लगयातको उपस्थिती रहने छ ।


सो विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा हुने महोत्सवमा खड्गीको पहिचान झल्कने संस्कृति, बाजागाजा, भेषभुषा, खानपान, खड्गीको ईतिहास र  वर्तमानबारे जानकारी दिने लगायतका कार्यक्रम रहेका छन् । 


सो महोत्वसवमा मनोरन्जन गतिविधि सँगै फेस पेइन्ट, किड्स फनजोन, फुड स्टल, फोटो बुथ, सेल्फी कन्टेस्ट, प्रडक्ट स्टलहरु, कल्चर ड्रेस सो रहने संयोजक खड्गीले जानकारी दिए । 


त्यसैगरी महोत्सवमा चर्चित गायक अनिल शाही, एडरिन प्रधान, कुटुम्ब लगायतको प्रस्तुुती समेत रहने छ । 


संयोजक खड्गीका अनुसार यस महोत्सवको मुल उदेश्य ‘खड्गी समुदायको पहिचान’लाई समाज समक्ष ल्याउने र युवा पुस्तामा समुदायप्रति दायित्व बोध गराउने हो । 


महोत्सवमा उपत्यका बाहिर नुवाकोट, चितवन, पाल्पा, इलाम, कास्की लगायतका जिल्लामा पनि समाजका प्रतिनिधिहरु सहभागी हुने संयोजक खड्गीले जानकारी दिए । 


यस महोत्सवमा दैनिक ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex