काठमाडौं । पहिचानको आधारमा प्रदेशको माग गर्दै माघ १ गते मंगलवार देशभरी नेवाः एकता दिवश मनाईने भएको छ ।
आईतवार राजधानीमा नेवाः एकता दिवशको मनाईने विषयमा आयोजित पत्रकार सम्मेलनमा नेवाः देय् दवूका अध्यक्ष नरेश ताम्राकारले जानकारी दिए ।
नेवाः एकता दिवस उपत्यकाका तीनवटै जिल्लाबाट एकिकृत भई ललितपुरको पाटन मंगलबजारमा एक बृहत सभाको अयोजना गर्ने दबूका अध्यक्ष ताम्राकारले बताए ।
दबूका अध्यक्ष ताम्राकार अनुसार काठमाडौं उपत्यकामा मात्र उपत्यका बाहिर पनि नेवाः एकता दिवश विभिन्न कार्यक्रमसाथ मनाईने कार्यक्रम रहेको जानकरी दिए ।
पत्रकार सम्मेलनमा ताम्राकारले पहिचानसहितको राज्यको लागि माग गर्दै लामो समयदेखि नेवार समुदाय राज्यसँग आन्दोनरत रहेको बताए ।
सात प्रदेशसहितको संघीय नेपालमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको नामांकन प्रदेश सरकारले औपचारिक घोषणा गर्न सकेको छैन ।
नेपाल संवत ११३० लाखौको संख्यामा उपस्थित भएर नेवाः एकता दिवशको घोषणा गरिएको थियो ।
Categorized in राष्ट्रिय