२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पशुपति घाटमा शवको हड्डी बेचबिखन प्रकरणमा दुई जना पक्राउ


प्रकाशित: विहिवार, २९ साउन २०८२, १३ः५८ बजे
- महानगरखबर

काठमाडौं । पशुपति आर्यघाटमा जलाइरहेका शवको हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन ।


ठाकुरलाई हड्डी तथा खरानी खरिद गर्ने मुख्य व्यक्ति मानिएको छ भने यादव सहयोगीको भूमिकामा रहेको बताइएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो । 


घटना साउन २३ गते पौने ३ बजेतिरको हो ।  बनेपा नगरपालिका–९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव पशुपति घाट २ नम्बर चितामा जलाइरहेको अवस्थामा, पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रका गणेशप्रसाद ढकाल (जीवनाथ ढकाल) र विनायक मैनालीले हड्डी र खरानी निकालेर बट्टामा राखेको आरोप लागेको थियो । 


पक्राउ परेकाबाट प्रहरीले हड्डीको धुलो तथा खरानी जस्तो देखिने पदार्थ बरामद गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


फाइल तस्वीर

asteriskhubs
Home Page Bottom Second


maharjan complex