२० बैशाख २०८१, बिहिबार
Header

पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन


प्रकाशित: आइतवार, १३ फागुन २०८०, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन गरेको छ । 


संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो ।


आइतबार मन्त्रालयले गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन ।


गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छविकालदेखि नै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको मन्त्रालयले जनाएको छ ।


विकासको कोषको जग्गा अवैधरुपमा बनेको संरचना भत्काउन थालिएको समेत कोषले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD