२६ बैशाख २०८१, बुधबार
Header

पशुपति क्षेत्र वरपर भोलिबाट मासु र मदिरा प्रतिवन्ध


प्रकाशित: मंगलवार, २२ फागुन २०८०, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । फागुन २५ गते पर्न आएको महाशिरात्रीलाई लक्षित गरी पशुपति क्षेत्रका विभिन्न स्थानमा मासु र मदिरा  प्रतिवन्ध गरेको छ । 


जिल्ला प्रशासन कार्यालय काठमाडौले एक सूचना जारी गरी त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको हो । 


जारी सुचना अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको हो ।


सुचनाको बर्खिलाप गरे कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा सेचत गराएको छ । 


हिन्दु धर्माबलम्बीले शिव भगवानको पूजा आराधना गरी मनाउने पर्व शिवरात्रि दिन पशुपति क्षेत्रमा शिवको पूजा गर्न आउनेको ठूलो भिड लाग्छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD