४ बैशाख २०८१, मंगलबार
Header

पशुपति क्षेत्रभित्रका अव्यवस्थित पसल तथा टहरा हटाईने


प्रकाशित: सोमबार, ६ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । पशुपति क्षेत्रभित्र अव्यवस्थित रुपमा निर्माण गरिएको पसल तथा टहरा हटाईने भएको छ । 


पशुपति क्षेत्र विकास कोषले सोमबार एक सुचना जारी गरी एक साता भित्र पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल–उपहार पसल तथा टहरा हटाउन निर्देशन दिएको हो । 


कोषले जारी गरेको सुचनामा आफ्नो घर–टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्नै असर पर्नेगरी राखिएका पाली टहरा पनि हटाउन भनेको छ ।


पशुपति क्षेत्रमा मूल सडक, सहायक सडक पेटीहरु, डवली खुलाचौरहरु कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथक्षेत्र र वनगणेश लगायत क्षेत्रमा अव्यवस्थित तबरले छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने गरेको पाइएकोले यसबाट पशुपति क्षेत्रको क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवगमनमा समेत अवरोध पुग्न गएको छ,ु कोषद्वारा जारी सूचनामा भनिएको छ ।


सूचना प्रकाशित भएको एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले प्रचलित कानुनअनुसार हटाउने जनाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD