२६ बैशाख २०८१, बुधबार
Header

पशुपति क्षेत्रका हराएका २९ रोपनी जग्गा खोजिने, अवैधानिक संरचना हटाउन निर्देशन  


प्रकाशित: मंगलवार, १६ माघ २०८०, २०ः२७ बजे
- महानगरखबर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको नाममा रहको गोठाटारस्थित ५ सय ३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोजिने भएको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हराएको जग्गा खोजी गर्न पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने बताए ।

 
त्यसैगरी, कोषको बैठकले पशुपति आर्यघाटको आरतीको विषयमा छानबिन गरी निर्णय खारेज गर्न कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।


केही समय यता आर्यघाटनमा सन्धयाकालिन आरती गर्ने गरेको छ । 


मन्त्री किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन समेत दिएका छन ।

 
कोषको जग्गामा व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल अवैधानिक संरचना हटाउन कोषका पदाधिकारीलाई उनले निर्देशन दिए ।


अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घरहरु खाली गराउन मन्त्री किराँतीले निर्देशन दिएका छन । 


पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका–८ गाँचा पोखरीस्थित साविक कित्ता नं. ९३, हालको कित्ता नं. १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेको कोषले जनाएको छ ।


वडा नम्बर ३ भगवानस्थानमा साविक कित्ता नं. ५१ बाट हालको कित्ता नं. १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको कोषले जनाएको छ ।


सिफलको लामा पोखरी रहेको कित्ता नं. १३५, १८०, ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषको भनाइ छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD