२९ बैशाख २०८१, शनिबार
Header

पशुपतिनाथमा १ अर्ब रुपियाँको लागतमा सुनको जलहरि लगाईने


प्रकाशित: मंगलबार, २२ जेठ २०७५, १२ः४० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौँँ । हिन्दु धर्मावलाम्बीहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथमा १ अर्व रपियाँ मुल्य बराबरको सुनको जलहरि लगाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने तयारी भईरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 
शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएकोले आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका अधिकारीहरुले जनाएको छ ।

 
कोषको अनुसार सो सुनको जलहरि लगाउन एक अर्ब खर्च लाग्ने कोषको प्रारम्भिक अनुमान गरिएको छ भने यसका लागि हाल कोषसँग ६० करोड बजेट छ ।

 
जलहरि राख्नका लागि ९० किलो सुन लाग्ने अनुमान गरिएको छ । हाल रहेको चाँदीको जलहरिमा १८५ किलो राखिएको छ ।

 
सरकारले आगामी आर्थिक वर्ष २०७५÷२०७६ का लागि प्रस्ताव गरेको बजेटमा पनि पशुपतिमा सुनको जलहरि राख्न  ५० लाख बजेट विनियोजन गरको छ ।

 
मन्दिरमा सुनको जलहरि राख्नका पशुपतिनाथका मूल पुजारी रावल गणेश भट्टको संयोजकत्वमा निर्माण समिमित गठन गरिएको छ । सो समितिमा कोषाध्यक्ष डा मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्यद्वय रमेशराज शिवाकोटी र राजु खत्री, कार्यकारी निर्देशक रमेशकुमार उप्रेती, कोषको संस्कृति महाशाखा प्रमुख निर्देशक भरत मरासिनी सदस्य रहेका छन् । 

    
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD