२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पशुपतिनाथमा तीन सय ९८ शैयाको धर्मशला उद्घाटन


प्रकाशित: शुक्रबार, १५ भाद्र २०७५, १९ः५८ बजे
- महानगरखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रवार संयुक्त रुपमा पशुपतिनाथमा निर्माण भएको ३ सय ९८ शैयाको धर्मशाला उद्घाटन गरेका छन् । 


भातरीय अनुदानमा २० करोड लागतमा निर्माण भएको सो धर्मशालमा ८ वटा स्वीट बेड रुम र बाँकी साधारण रुम रहेको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ । 


तीन तला रहेका सो धर्मशालामा ४ सय बेड रहेको छ । पशुपति मन्दिर क्षेत्रको १० हजार ६ सय २५ वर्गमिटरमा निर्माण भएको छ । 


त्यस्तै भान्छा कोठा, भोजन हल, पुस्तकालय, बहुउद्देश्यीय हल, पानी प्रशोधन केन्द्र, सोलार र जेनेरेटर पनि रहेको छ ।


सन् २०१६ को सेप्टेम्बरमा सुरु भएको उक्त धर्मशाला शुक्रबार भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex