१२ श्रावण २०८१, शनिबार
Header

पशुपतिनाथको भेटी चोर्ने ८ जना पक्राउ


प्रकाशित: मंगलवार, ८ जेठ २०८१, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । गौशालास्थित पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोर्ने क्रममा ८ जनलाई पक्राउ गरिएको छ । 


पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार कोषका कर्मचारी अनिल परियारसहित आठ जनालाई समातिएको हो ।

 
मन्दिरमा बाजा बजाउने कोषका कर्मचारी परिसारसहितले भेटी चोरी गरेको सिसिटिभीमा हेर्दा पत्ता लागेको प्रवक्ता अधिकारीको भनाई छ ।


उनीहरुलाई थप छानविनको लागि प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रहरीसँगको बयानमा परियारले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बताएको वक्ता अधिकारले बताए । 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex