१३ बैशाख २०८१, बिहिबार
Header

पशुपतिको धर्मशालमा बतास समूहले चलाएको होटलबारे छानविन गर्न समिति गठन


प्रकाशित: शुक्रवार, २३ पुस २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । पशुपतिको धर्मशालमा बतास समूले चलाएको होटलबारे छानविन गर्न समिति गठन भएको छ । 


तीर्थयात्री बस्न भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ ।


उक्त होटल संचालनप्रति संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चासो देखाउँदै शुक्रवार समिति गठन गरेको छ । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।


समितिमा कोषका सञ्चालक परिषद् सदस्यहरु आशा पाण्डे, जयकिरण जैन र देवीप्रसाद बराल छन भने मन्त्रालयको लेखा शाखाका उपसचिव सूर्यमणि गौतम सदस्यसचिव रहेको छ । 


समितिलाई सातदिन भित्र छानविन गरी प्रतिवेदन दिन भनिएको छ । तर शुक्रबार पत्र नपाइएकोले पत्र पाएपछिको एक सातामा प्रतिवेदन बुझाइने समिति सदस्य आशा पाण्ड पाण्डेले बताईन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD