काठमाडौं । पशुपतिको गौशाला जंगलमा एक जोडी मृत भेटिएका छन ।
महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार पशुपति भण्डारखाल जंगलमा एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत जोडी भेटिएको हो ।
खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएको प्रहरीले पहिचान गरेका छन ।
प्रहरीले दुवै पक्षका परिवारलाई बोलाएर शवको पहिचान गरी पोष्टमार्टमका लागि पठाइएको जानकारी दिए । प्रहरीले घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन ।
प्रहरी उक्त घट्नको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।
Categorized in समाज