१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पर्वतका महाशिला गाउँपालिकाले ३६६ जनालाई रोजगारी दियो, ५ लाखको दुर्घट्ना विमा समेत


प्रकाशित: बुधवार, ४ पुष २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले ३६६ जनालाई रोजगारी दिएको छ । 


गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । 


गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन । 


त्यसैगरी बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ । 


गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । यस्तै १० जनालाई विद्युत स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११÷११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ । 


गाउँपालिकाले पहिलो चरणमा ३७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए । 


गाउँपालिकाका अध्यक्ष राजु पौडेलका अनुसार १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक रु ६ हजार तलब दिइनेछ ।  


त्यसैगरी रोजगारी पाएका सबैको न्यूनतम रु पाँच लाख बराबरको दुर्घटना बीमा समेत गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex