६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पर्यटन समाज सहकारीको साधारण सभा


प्रकाशित: सोमवार, ५ पुष २०७८, १७ः३० बजे
- केडिआर

काठमाडौं । हालै एक कार्यक्रम गरी पर्यटन समाज सहकारी संस्था लि. ले आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


ठमेल काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाका अध्यक्ष तेज बहादुर खड्काद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लेखा सुपरीवेक्षण प्रतिवेदन, आ.व. २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परीक्षक नियुक्ती तथा पारीश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७७/०७८ को विभिन्न मितिमा भएको निर्णय अनुमोदन सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने सम्बन्ध लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागी पारीत गरेको छ ।


साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ३ करोड ४९ लाख ७२ हजार ७ सय रुपैयाँ, जगेडा कोष २७ लाख २० हजार ३ सय ६६ रुपैयाँ ५७ पैसा, वैधानिक तथा अन्य कोषहरु २४ लाख ३६ हजार ६ सय ३७ रुपैयाँ ५९ पैसा, वचत तथा निक्षेप दायित्व ७ करोड ८० लाख ९० हजार ९ सय ९० रुपैयाँ ३० पैसा, बाह्य ऋण सापटी ९२ लाख ४९ हजार १ सय ३८ रुपैयाँ ८६ पैसा, चालु दायित्व तथा व्यवस्था ४ लाख २७ हजार ४ सय ७६ रुपैयाँ ८७ पैसा, कर्जा नोक्सानी व्यवस्था ७४ लाख ८३ हजार २ सय ९१ रुपैयाँ  ८९ पैसा, आय कर व्यवस्था २ लाख ३० हजार ८ सय ७० रुपैयाँ ३३ पैसाको भएको छ भने संस्थाको जम्मा कारोबार १३ करोड ५६ लाख ११ हजार ४ सय ७२ रुपैयाँ ४२ पैसाको भएको । 


त्यसै गरी साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो । सहकारीले पर्यटनसँग सम्बन्धित होटल, टे«किङ, ट्राभल क्षेत्रमा लगानी गर्दै आई रहेको छ भने पर्यटन क्षेत्रको पहिलो सहकारी रहेको समेत अध्यक्ष खड्काले जानकारी दिनु भएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex