१५ बैशाख २०८१, शनिबार
Header

पर्यटन मन्त्रीले गरे ठमेलमा नेपाली घरको उद्घाटन 


प्रकाशित: बुधबार, १६ जेठ २०७५, २१ः३२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । संस्कृतिक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले बुधबार काठमाडौंको ठमेलमा नेपाली घरको उद्घाटन गरेका छन् ।


नेपाली सांस्कृति, कला झल्कने गरि निर्माण गरिएको नेपाली घरमा अध्याधुनिक सुविधाहरु रहेका छन् । नेपाली घरमा आरामदायी कोठा, वाईफाई, मिटिङ हल, फिटनेस सेन्टर, रेष्टरेन्ट लगायतका छन् ।

 
नेपाली जीवनशैली र परम्परासँग पहिचान गराउने यसको मुख्य उद्देश्य रहेको नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठको भनाई छ ।

 
यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ ।

 
त्यसैगरी होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम रहेको छ ।  हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन् । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD