१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पर्यटन दिवसको अवसरमा होटलमा २० प्रतिशत छुटको अफर


प्रकाशित: मंगलबार, ९ असोज २०७५, १०ः५१ बजे
- महानगरखबर

काठमाडौँ । होटल एशोसियन अफ नेपाल (हान)ले आफ्नो २ हजार सदस्य होटलमा पर्यटन दिवशको अवसरमा २० प्रतिशत विशेष छुटको अफर ल्याएको छ । 


विदेशी पाहुनको वसाईलाई सुखद बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए । 


२० प्रतिशत छुटको अफर होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुने भएको जनाएको छ । सो छुटको कुपन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरले वितरण गर्नेछ । 


सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले जनाएको छ । 


यसैबीच राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलका विभिन्न छुटको व्यवस्था गरेको  ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । 


सो अवसरमा सडक सांस्कृत महोत्सवका साथै रात्रीकालिन सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिए ।


‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटकीय सङ्घ संस्थाको साझेदारीमा यही सेप्टेम्बार २७ मा विविध कार्यक्रमसहित दिवस मनाइँदैछ । 


सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex