५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

पर्यटनमन्त्री श्रेष्ठसँग उपत्यकाको नगरप्रमुखहरुको भेटघाट, सिटी व्राण्डिङ देखि पदमार्गको चर्चा


प्रकाशित: आईतवार, २२ साउन २०७९, २१ः०० बजे
- महानगरखवर

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं उपत्यकाका नगर प्रमुखहरुविच भेटवार्ता भएका छन ।


काठमाडौँको पर्यटन पुनरुत्थानका लागि उपत्यकाका स्थानीय तहहरुको सामूहिक प्रतिवद्धता आवश्यक रहेको मन्त्री जीवनराम श्रेष्ठले बताएका छन ।

 
सो भेटघाटमा काठमाडौंमा पर्यटक भित्रयाउनको लागि सिटी व्राण्डिङ देखि पदमार्गको चर्चा भएको छ । नगरप्रमुखहरुले उपत्यकाको सम्पदा, संस्कृतिको पुर्नजागरण अवाश्यक रहेका बताएका छन । 


काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पर्यटन व्यवस्थापनमा एकीकृत योजना र सरोकारवालाविचको समन्वयमा समस्या देखिएको गुनासो राखेका छन । 


‘उदाहरणका रुपमा पर्यटन रुटमा शौचालय निर्माण गर्न बजेट विनियोजन गरिएको देखिन्छ । तर, त्यस ठाउँमा जग्गा छ कि छैन बजेट विनियोजन गर्दा थाहा हुँदैन ।’ उनले भने, ‘पर्यटकका लागि होम स्टे बनाउनु पर्छ । काठमाडौँ कुनै समय पाहुनाका होमस्टेमा प्रख्यात थियो । जात्रा पर्वका अवसरमा मन्दिरमा मात्र नभइ आउनेजाने बाटोमा पनि रङ्ग लाउनु पर्छ । खुल्ला क्षेत्रमा पार्क बनाउनुपर्छ ।’ 


पर्यटन पूर्वाधारका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले सिटी व्राण्डिङ् गरेपछि मात्र पर्यटकहरुको संख्या बढ्ने धारणा राखेका थिए । अन्तरराष्ट्रिय स्तरका कलाकार तथा खेलाडीहरु ल्याएर यो काम गर्न सकिने उनले बताए । 


पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत मन्त्रालयले काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने योजना बनाएको छ । 


विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु स्तुप र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना छ । 


कार्यक्रमका बारेमा मन्त्री श्रेष्ठले जानकारी दिँदै मन्त्री श्रेष्ठले, स्थानीय तहबाट सहयोगको अपेक्षा गर्दै महत्वपुर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

 
छलफलका क्रममा पर्यटन आगमन बिन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपत्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्नेलगायत बिषयमा छलफल भएको थियो ।


रात्रीकालीन जीवनशैलीको सन्दर्भमा काठमाडौँ महानगरका प्रमुख शाहले, दैनिक सहरी गतिविधिलाई चक्रमा हेरेपछि मात्र रात्रीकालीन जीवनका बारेमा कुरा गर्न सजिलो हुने धारणा राख्नुभयो । ‘सबैको कार्यालय एकै समयमा सुरु हुन्छ । एकै समयमा सकिन्छ । व्यापार व्यवसायहरु प्नि एकै समयमा सञ्चालन हुन्छन् । अधिकांश मानिस रातमा सुत्छन् । दिनमा सक्रिय हुन्छन् । यसबेला रात्रीकालीन यातायात कसका लागि सञ्चालन गर्ने, रात्री जीवन कसरी चलाउने सोच्नु पर्छ । यसअघि पनि रात्री बस सञ्चालन गरिएको हो । त्यो सफल नहुनुको कारण पनि यही हो ।’


यी विषयमा धारणा राख्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहित नगरपालिकाका प्रमुखहरुले, फोहोरमैला व्यवस्थापन, सहरी सेवा तथा सुविधा वितरणका पूर्वाधारमा एकीकृत योजना हुनु पर्नेमा जोड दिएका थिए । 


सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक स्थानहरु जोड्ने पदमार्ग निर्माण, साइक्लिङ् र अन्य पर्यटन पुर्वाधार निर्माणमा सहकार्य हुन सक्ने नगर प्रमुखहरुले धारणा राखेका थिए । 


क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतसहित नगर प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika