१२ भाद्र २०८३, शुक्रबार
Header

पर्यटनमन्त्रीले क्षमा पूजा गरी काष्ठमण्डपको पुननिर्माण सुरु गरे


प्रकाशित: सोमबार, ३१ बैशाख २०७५, १२ः४० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । सोमबार पर्यटनमन्त्री रबिन्द्र अधिकारीले क्षमा पूजा गरी काष्ठमण्डप पुननिर्माण अभियान सुरु गरेको छ ।

 
प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा गठित ५१ सदस्यीय ‘काष्ठमण्डप पुनर्निर्माण समिति’ ले पुननिर्माण कार्यलाई अघि बढाउने भएको छ ।

 
पुरातत्व विभागकाअनुसार यसको पुनर्निर्माणका लागि झन्डै १९ करोड लाग्छ । नियमित रुपमा काम अघि बढ्ने हो भने आगामी २ वर्षभित्र यसको निर्माण सकिन्छ । समितिले साढे ३ वर्ष भित्र पुरानै आकृतिमामा निमाण गर्ने भएको छ सोको लागि मौलिक परम्परागत बिधिद्धारा नैे गरी काष्ठमण्डपको निर्माण सम्पन्न गर्ने योजना रहेको बताईएको छ ।

समितिले पुन निर्माण अभियानलाई सुचारु गर्न पाँच सदस्यीय संचालक पदाधिकारीहरु चयन गरेको छ । समितिको उपाध्यक्षमा तेजरत्न ताम्राकार, सचिव गौतम डंगोल, कोषाध्यक्ष असोक रत्न बज्राचार्य  र उपसचिव बिभोरलाल श्रेष्ठ रहेका छन् ।


यसैगरी सो समितिलाई आवश्यक सहयोग तथा निर्देशनको लागि काठमाडौं महानगरपालिका का मेयर श्री बिद्यासुन्दर शााक्यको अध्यक्षतामा एउटा निर्देशक समिति समेत गठन गरिएको छ ।


समितिलाई आवश्यक विभिन्न उपसमितिहरु समेत निर्माण गरेका छन् ।

 
समितिहरुमा कार्यालय ब्यबस्थापन उपसमिति, निर्माण उपसमिति, प्राबिधिक उपसमिति, सूचना तथा संचार उपसमिति, अर्थ संकलन उपसमिति, खरीद व्यवस्थापन उपसमिति, जन सहभागिता परिचालन उपसमिति, लजिस्तिक उपसमिति, डकुमेन्टेशन उपसमिति, इमेजिड. उपसमिति, अनुसंधान उपसमिति,  कानूनी परामर्श उपसमिति, कला उपसमितिहरु रहेका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex