१२ बैशाख २०८१, बुधबार
Header

पर्यटक भित्र्याउन निजी संस्थाले पहल गर्ने


प्रकाशित: मंगलवार, २१ माघ २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । चीन कोरोना भाईसले प्रभावित बनेपछि नेपालका व्यवसायीहरुको नीजि संस्थाले पर्यटन भित्र्याउन पहलन गर्ने भएको छ । 


दोस्रो धेरै पर्यटक भित्रिने चीन यतिखेर कोरोना भाईरसबाट प्रभावित बनेपछि होटल संघ नेपालले चीनको विकल्पमा अन्य देशबाट पर्यटक ल्याउने पहल गर्ने भएको हो ।  


संघले मंगलबार पत्रकार सम्मेलन गरेर संघले विदेशी पर्यटक लक्षित थप आकर्षक योजना ल्याउन सरकारसँग सहकार्य गर्ने बताएको छ । 


पत्रकार सम्मेलनमा संघकी अध्यक्ष सिर्जना राणाले सरकारसँगै वायुसेवा संचालक संघ, पर्यटन बोर्ड लगायतका संस्थासँग सहकार्य गरेर पर्यटक प्रवद्र्धनमा लाग्ने जनाकारी दिईन । 


राणाले नेपालमा कोरोना भाइरसको संक्रमण नरहेकोले समेत पर्यटकका लागि सुरक्षित गन्तब्य रहेको बताउँदै भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसिया लगायत अन्य मुलुकबाट लक्ष्य अनुसारको पर्यटक भित्र्याउन खटिरहेको जानकारी दिइन ।  


नेपाल भ्रमणबर्ष संयोजक सुरज बैधले चीनको विकल्पमा अन्य मुलुकमा बजारीकरण अगाडी बढाउने योजना उक्त पत्रकार सम्मेलनमा सुनाए ।  छिट्टै मध्यपूर्व मुलुकका पर्यटक भित्र्याउनका लागि थप आकर्षक योजना ल्याउने तयारी गरेको बैधले बताए । 


संघका प्रथम उपाध्यक्ष विनायक शाह, संघका द्धितिय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले पनि पर्यटन क्षेत्रका लागि तत्कालै केही समस्या सामाधानको लािग सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD