काठमाडौं । कुनै पनि कामलाई पर्फेक्ट बनाउने होडवाजी भईरहेको आजको दुनियाँमा यसले मानसिक विरामी ल्याउने संभावना अध्याधिक रहेको एक अध्यनले बताएको छ ।
मानिसमा कामलाई पूर्णता (‘पर्फेक्शनिज्म’) दिने आदत लागेकोले झनै जटिल भईरहेको अध्यनको निष्कर्ष छ ।
बेलायतमा थाँमस कुरेन र एंडÇयु हिल्स नामका रिसर्चकर्ताले सन् १९८९ देखि २०१६ सालसम्म गरेको रिसर्चमा सम्मिलित बेलायत, अमेरिका र क्यानाडाका विद्यार्थीहरुमा हरेक बर्ष कलेजमा आउनेहरुमा पर्फेक्शनिज्म गहिरो आदत भएको पाईयो ।
रिसर्चरले यस आदलतलाई महामारीको रुपमा लिएको छ । तिव्र गतिमा फैलिरहेको पर्फेक्शनिज्म बच्चाहरुमा पनि पर्न थालेको छ ।
पर्फेक्शनिज्मको आदतले सफलता प्राप्त गर्ने क्रममा अनेक बिमारीहरु उत्पन्न गर्दछ । जस्तै ः अनिन्द्रा, तनाव, आत्महत्या, खाईरहने बानी, आफैलाई असफल सावित गर्ने, हरेक काममा कमि खोजिरहने, असुन्तुष्टि पैदा गर्ने जस्ता विमारीको पहाडै सिर्जना गर्दछ ।
रिसर्चरका अनुसार सकारात्मक पर्फेक्शनिज्मलाई अंगालेर काममा ध्यान लागाउन आवश्यक छ । चीनमा एक हजार विद्यार्थीहरुमा गरिएको अध्ययन अनुसार काममा भएको गल्ती वा कमजोरीलाई स्वीकाररे अघि बढेको देखियो । उनीहरु खुसी र क्रिएटिभ सोच थियो ।
Categorized in अन्तर्राष्ट्रिय