काठमाडौं । पराराष्ट्र मन्त्रालयले नेपालसँग कुटनीतिक सम्बन्ध स्थापित भएका १६३ देशको ‘कन्ट्री स्पेसिफिक प्रोफाईल’ तयार गर्दै गरेको जनाएको छ ।
पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालसँग कुटनीतिक सम्बन्ध स्थापित भएको देशसँग नेपालले कस्तो किसिमको सम्बन्ध स्थापित गरेर अघि बढ्न सक्छ भन्ने बारे अध्ययन गर्न प्रोफाईल तयार गरिरहेको बताएका छन ।
मन्त्री ज्ञवालीका अनुसार हरेक देशको फरक– फरक क्षमता हुने हुँदा देश हरेर कसैसँग व्यापार होला, कसैसँग श्रमको, कसैसँग लगानीको सम्बन्ध बढाउन सकिन्छ ।
विभिन्न देशमा नियुक्त भएका राजदुतले ‘कन्ट्री स्पेसिफिक प्रोफाइल’ लिएर जाने र त्यो देशसँग सोहीअनुसार गाइडेड गर्न सजिलो हुने मन्त्री ज्ञवालीको भनाई छ ।
अब नेपालको ९० प्रतिशतभन्दा बढी कुटनीतिलाई आर्थिक कुटनीतिले समेट्ने मन्त्री ज्ञवाली बताए । सन २०२२ सम्म अल्पविकसित राष्ट्रबाट माथि उठ्नलाई समेत सरकारले आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।
Categorized in राष्ट्रिय