काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
मंगलवरा मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।
उनीहरूबीच नेपाल–भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए ।
Categorized in राष्ट्रिय