काठमाडौं । श्रीमान बैदेशिक रोजगारमा गएको बेला परपुरुसँग भएको सम्पर्कबाट जन्मेको बच्चाको आफ्नै आमाले नुवाकोट सूर्यगढी गाउँपालिकामा एक बच्चाको हत्या गरेको छ ।
नुवाकोट प्रहरीले सो गाउँपालिका वडा १ की २२ बर्षिय सम्झना तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनले शनिवार बच्चालाई जन्माएर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका हो ।
नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीले परपुरुषको पहिचान भईसकेको जनाएको छ ।
पक्राउ परेकी महिलाको श्रीमान विजय तामाङ रोजगारीको सिलसिलामा २९ महिना साउदी बसेर एक महिनाअघिमात्र नेपाल फर्किएका थिए ।
Categorized in समाज