८ जेठ २०८१, मंगलबार
Header

पन्चानब्बे बर्षको उमेरमा कमिक पुस्तकका लेखक लीको निधन


प्रकाशित: मंगलवार, २७ कात्तिक २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । पन्चानब्बे बर्षका उमेरमा चर्चित कमिक पुस्तकका लेखक स्टेन लीको निधन भएको बीबीसीले जनाएको छ । 


अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख ली केही समययता निमोनियालगायतका रोगबाट पीडित थिए ।


लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक जनाएको छ । 


सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो ।


रोमानियाबाट बसाइँसराइ गरेर अमेरिका पुगेको कामकाजी परिवारमा जन्मिएका ली १८ वर्षको उमेरमा नै कमिक्सका सम्पादक भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD