३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पद्मरत्नको नाममा प्रतिष्ठान बनाउन पहल गरिनेः प्रचण्ड


प्रकाशित: बुधवार, २५ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले स्व. पद्मरत्न तुलाधारको नाममा प्रतिष्ठान बनाउन सरकारसँग पहल गर्ने बताएका छन ।


मानवअधिकारवादी तथा वामपन्थी नेता स्व. तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को विमोचन क्रममा अध्यक्ष दाहालले तुलाधारको योगदान यस राष्ट्रको लागि अतुल्नीय रहेकोले उनको नाममा राज्यले महत्वपूर्ण निर्णय लिने प्रतिवद्धता व्यक्त गरे । 


अध्यक्ष दाहालले मुलुकमा शान्ति स्थापना, द्वन्द्व व्यवस्थापनमा स्व. तुलाधरको नेतृत्वदायी भुमिकाको प्रंशसा गर्दै उनी एक बहुआयमिक, उत्पीडन, दलित, जनजाति मात्र नभएर सबैको कुशल नेता भएको बताए । 


सो कार्यक्रममा मानवअधिवारी नेता तथा भाषिक अगुवा मल्ल के. सुन्दरले पद्मरत्नको पुस्तक समग्रमा राम्रो भएपनि पनि केही सत्य÷तथ्यहरुमा सच्चाउनु पर्ने आग्रह गरेका थिए । 


उनले पद्मरत्नको जीवनीले नेपाली आन्दोलनको ईतिहासलाई स्मरण गराउने र उनको योगदानको महत्व बुझाउने विश्वास व्यक्त गरे । 


त्यसैगरी कार्यक्रममा पूर्वसभामूख तथा मानवअधिकारवादी नेता दमनाथ ढंगानाले पद्मरत्नको व्यक्तित्वको चर्चा गर्दै उनी जस्ता ईमान्दर र भलाद्मीको संगत आफूले नदेखेको भनाई राखे । 


कार्यक्रमका अर्का वक्ता मानवअधिकारवादी नेता गौरी प्रधानले राज्यले पदम्रत्नलाई अहिले सम्म कुनै सम्मानमा प्रतिष्ठान निर्माण गर्ने सरकारका रक्षामन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले गरेको प्रतिवद्धता पुरा नगरेको प्रति दुःख व्यक्त गरे । 


त्यसैगरी पुस्तकका लेखक जितेन्द्र रसिकले पद्मरत्न जीवनका पाटाहरु यस पुस्तकले खुल्ने विश्वास व्यक्त गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका थिए । 


क्षेत्रपाटी प्यालेसमा आयोजित सो कार्यक्रम नेकपा नेता उमेश स्थापितले सञ्चालन गरेका थिए । 


पुस्तक ब्रदर्श बुकले प्रकाशन गरेको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex