४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पदरत्न तुलाधरलाई राज्यले नेपाल रत्नबाट सम्मानित गर्नुपर्ने


प्रकाशित: विहिवार, २१ भाद्र २०७५, २१ः४४ बजे
- महानगरखबर

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पद्मरत्न तुलाधरलाई नेपाल रत्नबाट सम्मानित गर्नुपर्ने बताएका छन् ।


पद्मरत्न तुलाधरको भीम रथारोहणको उपलक्ष्यमा विहिबार काठमाडौमा भृकुटीमण्डपमा आयोजित ‘नेपाल सम्बन्तसम्बन्धी आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषायक विचार गोष्ठीमा डा. भट्टराईले सो कुरा बताएका हुन् । 


उनले नेपाल भाषा आन्दोलनका अगुवा तुलाधरको सम्मानमा राज्य अग्रसर हुनु पर्नेमा जोड दिएका थिए । 


पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपालमा जन्मेको नेपाल सम्बतको नामबाट प्रदेश नं ३ का नाम नेवा–ताम्सालिङ राख्नुपर्ने बताएका छन् । 


कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको शान्ति प्रक्रिया, भाषा आन्दोलन, मानवअधिकार तथा धेरै क्षेत्रमा पदमरत्न तुलाधरले दिनुभएको योगदानलाई कसैले अवमूल्यन गर्न नसक्ने बताए । 


वरिष्ठ पत्रकार तथा मानवअधिकारवादी नेता मल्ल के सुन्दरले नेपाल सम्बतलाई व्यवहारमा लागू गर्ने तथा यसको संरक्षण गर्नेतर्फ चासो नदिएको गुनासो गरेका थिए । 


मल्लले नपालमा रहेका विभिन्न सम्बतको अध्ययन गर्नका लागि एउटा नीति बनाउनुपर्नेमा जोड दिएका थिए । 


मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्य, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धर, पद्मरत्न नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरलगायतले पद्मरत्न तुलाधरको बहुमुखी प्रतिभाप्रति प्रकाश पारेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex