२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

पदम श्रेष्ठको फर्पिङ दक्षिणकाली बुक लेट सार्वजनिक 


प्रकाशित: शनिवार, ६ पुस २०८१, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । पत्रकार तथा लेखकका साथै जातिय संस्कृति अन्वेषक पदम श्रेष्ठद्धारा लिखित  फर्पिङ दक्षिणकाली बुक लेट विमोचन गरिएको छ ।


शनिवार दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतबाट उक्त पुस्तक विमोचनगरी सार्वजनिक गरिएको हो । 


शाक्त ,शैव र बौद्ध पर्यटन हवको रुपमा प्रवद्र्धनार्थ लिखित सो पुस्तिका फर्पिङ दक्षिणकाली क्षेत्रको पहिचानलाई उजागर गर्न ठुलो टेवा पुग्ने मेयर बस्नेतले बताए । 


सुकुण्डा ल्याय्म्ह पुचःका अध्यक्ष ध्रुव श्रेष्ठको सभापतित्वमा आयोजित सो सभामा उपमेयर बसन्ती डङगोल तामाङ , ९ वडाध्यक्ष अमृका बलामी, ५ वडाध्यक्ष श्यामबहादुर खत्रीको उपस्थिति रहेको थियो । 


विमोचन समारोहमा पुख्र्यौली जमिन नबेचौं ,कृषि पर्यटनलाई ब्यापारमा लगाऔं अभियानका अभियन्ता प्रेमराज बासुकलाले फर्पिङ बस्ती भित्रका ७ टोलमा रञ्जना लिपिको ढुङगे स्तम्भ स्थापना गर्न ३२ हजार रुपियाँ विउ रकम प्रदान गर्नु भएको थियो । 


सोही अवसरमा फर्पिङग क्षेत्रमा रही विभिन्न रचनात्मक कार्य समाजसेवा गर्दै आईरहनुभएका म्याथ टिचर ध्रुव श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


२२ वर्ष अगाडि सम्पदा संस्कृति बारेको लेख संकलनगरी  लिखित पुस्तक नेपाल मण्डल सम्पदा पुस्तकबाट पर्यटन प्रवद्र्धनार्थ , फर्पिङ दक्षिणकाली बुकलेट प्रकाशन गरिएको हो ।

 
माताको दर्शनार्थ आउनुहुने भक्तजनहरुलाई यस क्षेत्रमा रहेका धार्मिक सम्पदास्थल भ्रमण गराउने लक्ष्य राखिएको छ । बुक लेटमा  गोपालकालिन सम्पदास्थल गोपालेश्वर र नजिकै आदिवासी राजा बाणासुर र उनकी छोरी उषा मैयाँको दरवारको भग्नाबशेष समेटिएकाछन् । त्यसैगरी नेपालकै पहिलो दक्षिण यसियाको दोस्रो विधुत पावर हाउस चन्द्र नहर पोखरी , फर्पिङबासीलाई असाध्य रोग लाग्नबाट बचाउने बज्रयानी धर्म गुरु ओदियानाचार्यद्धारा स्थापित बज्रयोगिनी मन्दिर समेटिएकाछन् । त्यसैगरी बुकलेटमा गुरु गोरखनाथको पदचिन्ह ,असुरा गुफा र त्यो भन्दा माथि प्राचीन दक्षिणकालीको भव्य सम्पदास्थल भ्रमणका लागि सचित्र बर्णन गरिएको छ । 


फर्पिङ देश भित्रै किरातकालिन राजा पब्बि अर्थात पचली भैरबको दरवार ,३३ कोटी देवी देवताको संयुक्त स्वरुपको मन्दिर झसु भम्केश्वरी र फर्पिङकै सबैभन्दा पुरानो बसु बर्माकालिन शिलापत्र अन्नपुर्ण भगवती मन्दिरको एक कुनामा र अर्को कुनामा राजा जयस्थिति मल्लका छोरा राजा धर्म मल्लको शिलापत्र समेटिएका छन् । 


फर्पिङलाई ऐतिहासिक ,पुरातात्विक ,सास्कृतिक र आर्थिक उत्थानमा टेवा पुर्याउने उदेश्य राखिएको बुक लेटभित्र फर्पिङबाट ३ कि.मी.मात्र पुर्वोत्तर वलामी झाक्रीद्धारा स्थापित दक्षिण मनकामना ,लिच्छविकालमा उपत्यकाको चार भञ्ज्याङमा स्थापित चार नारायाण मध्ये एक शेष नारायण र संगै दोस्रो बुद्धका रुपमा लिईने महायानी धर्म गुरु पद्मसंभवले समेत सिद्धता प्राप्त गरेको असुरा गुफा रहेको तथ्य सार्वजनिक गरिएको छ । 


यहि पवित्रताका कारण फर्पिङको डल्लुमा एक सय ८ फिट अग्लो महायानी धर्मगुरु पद्मसम्भवको विशालकाय मुर्ती र सयौ कोठाका ध्यानागार गुम्वा निर्माण हुन सकेको तथ्यबारे उपस्थित बक्ताहरुले भनाई राखेका थिए ।

  
फर्पिङ क्षेत्रका विज्ञ कार्तिक नाच प्रवन्ध समितिका सचिव भरत वलामी , फपिं पर्यटन समितिका अध्यक्ष श्रीकृष्ण मानन्धर ,फर्पिङ जात्रापर्वका जिम्वाल सुरेन्द्र मानन्धरको समेत सुझव, सम्पादन रहेको सो बुकलेट विमोचन समारोहमा शिखरापुर कलेजका प्रिन्सिपल निरोज श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए। 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika