काठमाडौं । मानवअधिकारवादी तथा वामपन्थी कम्युनिष्ट नेता स्व. पदमरत्न तुलधारको जीवनमा आधारित पुस्तक ‘सर्वरत्न’ सार्वजनिकरण कार्यक्रम हुने भएको छ ।
बुधवार क्षेत्रपाटी प्यालेसमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको विमोचन गरिने कार्यक्रम रहेको छ ।
जितेन्द्र रसिकद्वारा लिखित सो पुस्तकले स्व.तुलाधारको जीवन संघर्ष, राजनीतिक संघर्ष, व्यक्तित्व, भाषिक आन्दोलन लगायतका पाटाहरु खोल्ने बताइएको छ ।
ब्रोदर्स बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तकको विषयमा मानव अधिवारवादी नेता मल्ल के सुन्दुर, पूर्वसभामुख दमननाथ ढुंगाना, गौरी प्रधान र स्टेला तामाङले वोल्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
दिउँसो ३ बजे आयोजित सो कार्यक्रमा विभिन्न राजनीतिक दल, संघ, संस्था, स्थानीय, बुद्धिजीवीहरुको उल्लेखिय उपस्थिती रहने छ ।
Categorized in राष्ट्रिय