काठमाडौँ । प्रेस काउन्सिल नेपालले भर्खरै सार्वजनिक गरेको आ.व. २०७२÷०७३ र २०७३÷०७४ को पत्रपत्रिकाको बर्गीकरणसम्बन्धी प्रतिवेदनका सन्दर्भमा कुनै किसिमका भ्रममा नपर्न आग्रह गरेको छ ।
प्रेस काउन्सिलले आईतबार एक विज्ञप्ती जारी गरी सञ्चारविज्ञहरूद्वारा अथक मेहनतका साथ प्रतिवेदन तयार पारिएकोले भ्रममा नपर्न अपिल गरेको हो ।
“सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीबीचको गहन छलफल र सहमतिपश्चात सम्प्रेषित यस नतिजामा पुनरावलोकन÷पुनःमूल्याङ्कन प्रक्रिया शुरु भइसकेको अवस्था छ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित नतिजामा सम्पादकीय, समाचार र अन्य सामग्री हुबहु गर्ने पत्रपत्रिकालाई समेत कमी–कमजोरीको प्रकृतिका आधारमा न्यूनतम वर्ग कायम गरी नतिजा प्रकाशन गरिएको समेत काउन्सिलले प्रष्ट गर्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आव २०७३÷७४ मा अत्यधिक सङ्ख्यामा पत्रपत्रिका हुबहु रहेको डरलाग्दो समस्यालाई न्यूनीकरण गरी कमभन्दा कम हुबहु कायम गरिएको काउन्सिलले जनाएको छ ।
स्वरोजगार, दुर्गम र साना लगानीका अखबारलाई निरन्तरता र योगदानका आधारमा भूल सच्याउने र लोककल्याणकारी विज्ञापन निरन्तर प्राप्त भइरहने कुराको प्रत्याभूतिसमेत काउन्सिलले गरेको छ ।

Categorized in राष्ट्रिय