२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पत्रकार हत्याको विरोधमा देशभर प्रदर्शन


प्रकाशित: शनिवार, १६ चैत्र २०८१, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा देशभर प्रदर्शन भएको छ । 


नेपाल पत्रकार महासंघले आज शनिवार पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको हो ।  महासंघले शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको छ ।


महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या भएपछि वार्षिकोत्सवलाई विरोध सभामा परिणत हो । 


विरोधसभामा बोल्दै महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले गणतन्त्रमा पनि कार्यस्थलमा पत्रकार हुनु दुःखद भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन ।


शुक्रबारको प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेको थियो भने फोटो खिचेको निहुँमा अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि भौतिक आक्रमण गरेका थिए ।


महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।

 

29  March 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


maharjan complex