१५ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

पत्रकार सुवेदी प्रहरी नियन्त्रणमा, नयाँ पत्रिका कार्यालयमा पनि प्रहरी पुुगे 


प्रकाशित: शुक्रवार, १३ कात्तिक २०८३, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।


सुवेदी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन । प्रहरीले उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि नियन्त्रणमा लिएको हो ।


प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार, उनलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो ।


सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन ।


त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेको छ ।


अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै  नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन । नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika