काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जगदीश खरेलले निर्णयहरूको विवरण सार्वजनिक गरेका हुन ।
उनका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली–२०८२ स्वीकृत गरिएको छ । त्यस्तै, कोलोम्बो प्लानको नवौं महासचिवका लागि कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय बैठकको अर्को प्रमुख निर्णय रह्यो ।
सरकारका अनुसार बैठकले विभिन्न मन्त्रालय तथा निकायसँग सम्बन्धित प्रशासनिक, कानुनी तथा नीतिगत मिलाएर १८ वटा बुँदामा निर्णय गरेको हो ।
हेरौं मन्त्रिपरिषदका निर्णयहरुः


Categorized in राष्ट्रिय