१६ बैशाख २०८१, आइतबार
Header

पत्रकार लिम्बु बने रास्वपाको इलाम– २ का उम्मेदवार


प्रकाशित: विहिवार, १५ चैत्र २०८०, १८ः०६ बजे
- महानगरखवर

काठमाडौं । नेपाल आदीवासी जनजाति पत्रकार महासंघका महासचिव पत्रकार मिलन लिम्बुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ उम्मेदवार बनाएका छन ।


रास्वापाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका ।


बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 


उम्मेदारका सुचिमा रहेको ५ जनाले नाम फिर्ता लिएर लिम्बुलाई समर्थन गरेपिछ उनी उम्मेदार बनेका हुन । 


आगामी २०८१ वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD