काठमाडौं । सरकारले सोमवारदेखि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिइने भएको हो ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयले झन्डै १९ हजार त्यस्ता व्यक्तिहरूलाई खोप दिने बताएको छ । त्यसका लागि उपत्यकाका चार वटा अस्पताल तोकिएको छ ।
पत्रकारले काठमाडौको सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीले टिचिङ र गंगालाल हृदयरोग अस्पताल र सयुक्त राष्ट्र संघका कर्मचारीले पाटन अस्पतालमा खोप लगाउन सक्नेछन ।
पत्रकारको हकमा सरकारले सूचना विभागको कार्ड देखाएर खोप लगाउन सकिने जनाएको छ । तर सूचना विभागको कार्ड नभएका पत्रकारलाई पनि खोप लगाउन पाउनुपर्ने नेपाल पत्रकार महासंघको माग रहेको छ ।
सरकारले पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनालाई खोप लगाएको छ । शनिबार सम्पन्न पहिलो खोप अभियानमा स्वास्थ्यकर्मी, एन्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका, सरसफाइ कर्मचारी, कैदी, वृद्धाश्रमका मानिसहरूले खोप लगाएका छन ।
Categorized in स्वास्थ्य