काठमाडौं । राजवादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको निधनको सत्यतथ्य छानविनको लागि मानवअधिकार आयोगमा रजकको परिवारले निवेदन दिएका छन ।
आइतबार सुरेशकी श्रीमति सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन ।
आयोगकी उपसचिव मञ्जु खतिवडालाई बुझाएको पत्रमा भनिएको छ,‘उक्त घटना योजनाबद्ध,षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ । र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु । र शिघ्र न्यायको माग गर्दछु ।’
आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घट्नालाई अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भिर रुपमा लिएर आयोगले काम गरेको बताइन ।
काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते भएको हिंसात्मक प्रदर्शनको दृश्य खिचिरहेको पत्रकार सुरेशको एक घरमा आगोमा जलेर मृत्यु भएको थियो ।
आयोगले तीनकुने घट्नाको अनुसन्धान प्रतिवेदन छिटै सार्वजनिक गर्ने पनि बताएका छन ।
Categorized in समाज