काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा बिजयी हुने सम्भावना पक्का देखिएको छ ।
शनिबार बेलुकी ७ बजेसम्मको गणनामा शर्मा एक हजारभन्दा बढी मतले अर्का प्रत्यासी रमेश विष्ट भन्दा अघि छ ।
निर्मलाले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत प्राप्त गरेका छन ।
निर्मला नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन भने विष्ट प्रेस युनियनको विद्रोही हुन । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन थियो ।
महासचिवमा रामप्रसाद दाहाल पनि जित नजिक रहेको छ ।
कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीबाहेक पदाधिकारीका अन्य सबै पदमा शर्मा प्यानलका उम्मेदवारहरु अगाडि छन ।
महासंघको अध्यक्षमा शर्मा, विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार थिए ।
Categorized in राष्ट्रिय