३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पत्रकार महर्जन रिहा, २२ दिन हिरासतमा


प्रकाशित: बुधवार, १८ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पत्रकार जितेन्द्र महर्जन सर्वोच्च अदालतको आदेशपछि मंगलावर रिहा भएका छन । 


नेवाः पत्रकारहरुको संगठन नेवाः पत्रकार राष्ट्रिय दत्रू, नेपाल पत्रकार महासंघ लगायतको चौतर्फी दवाव र आन्दोलनपछि पत्रकार महर्जन फेरि रिहा भएका हुन । 


यस अघि उनलाई प्रहरीले चैत्र २६ गते पक्राउ गरेपछि पत्रकारहरु उनको रिहाईको माग गर्दै आन्दोलित भएका थिए । 


पत्रकार दवू काठमाडौंका जिल्ला सदस्य रहेको महर्जनलाई प्रहरीले २२ दिनपछि मुक्त गरेको हो ।


नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै महर्जनलाई मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको थियो । 


सर्वोच्च अदालतले बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दिए लगत्तै महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।


केहि दिन अघि मात्रै नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा माइतिघर मण्डलामा धर्ना तथा प्रदर्शन समेत गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex