काठमाडौं । पत्रकार जितेन्द्र महर्जनको गैरन्यायिक गिरफ्तारीको विरोध गर्न विहिवार माईतीघर मण्डलमा धर्ना कार्यक्रमको अयोजना गरिएको छ ।
दिउँसो १ बजे माईतीघर मण्डलमा बृहत विरोध प्रदर्शन हुने नेवाः पत्रकार राष्ट्रिय दबूले जनाएको छ ।
दबूको काठमाडौ जिल्ला सदस्य समेत रहेको पत्रकार महर्जनको गिरफतारी गैरन्यायिक, संविधान प्रदत्त विचार, अभिव्यक्ति र स्वतन्त्रताको विरुद्ध भएको भन्दै धर्ना कार्यक्रमको अयोजना गरिएको हो ।
गत साल चैत्र २८ गते पक्राउ परेका पत्रकार महर्जनलाई सर्वौच्च अदालतले रिहा गरेलगत्तै प्रशासनले पक्राउ गरेको थियो ।
यस अघि दबूले एक प्रेस विज्ञप्ती जारी पक्राउको कडा विरोध गरेका गर्दै विभन्न दवाव मुलुक संघर्षको कार्यक्रम गर्ने जनाएको थियो ।
Categorized in समाज