३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पत्रकार महर्जनको सम्मानमा पत्रकार दबूको कार्यक्रम


प्रकाशित: शुक्रवार, २० बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले २२ दिनपछि सरकारको हिरासतपछि रिहा भएका पत्रकार महर्जनलाई विहिवार सम्मान गरेको छ ।


दबुले पत्रकार महर्जनलाई प्रेस स्वतन्त्रताका लागि गरेको सहास पूर्ण संघर्षको योगदान स्वरुप सम्मान गरेको हो । 


सरकारले विना आधार पत्रकार महर्जनलाई गिरफतार गरेर प्रेस स्वतन्त्रताको हक कुण्ठित पार्न खोजेको सम्मान कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका थिए । 


वक्ताहरुले पत्रकार महर्जन जस्तै थुप्रै पत्रकारहरु अझै पनि समाचार लेखेकै भरमा राज्यको वक्र देष्टिमा परेको बताउँदै प्रेस स्वतन्त्रताको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए ।  


ललितपुरमा आयोजित सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार संगठन उपाध्यक्ष जन्मदेव जैसी, आदिवासी जनजाति पत्रकार महासंघका सचिव जगत दोङ्ग लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।


पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा आयोजित सो कार्यक्रममा उल्लेखिय संख्यामा पत्रकारहरुको उपस्थित रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex